प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.भट्टराईको स्वास्थ्यस्थिति सामान्य

काठमाडौं, २९ चैत । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईको मुटुको शल्यक्रिया गरिएको छ ।
शुक्रवारराति मुटुमा समस्या देखिएपछि उनलाई राति नै शहि गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो ।
मुटुको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको र अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
Last modified on 2020-04-11 11:33:43