हाइड्रोक्सिक्लोरोक्विन निर्यातमा भारतले गर्यो फुकुवा, यस्तो छ आयात गर्ने प्रक्रिया



Download our app to get more features

काठमाडौं, २९ चैत । भारतले निर्यातमा प्रतिबन्ध लगाएको हाइड्रोक्सीक्लोरोक्विन औषधिमा फुकुवा गर्ने निर्णय गरेको छ ।

भारतले प्रतिबन्धीत हाइड्रोक्सीक्लोरोक्विन नामक औषधि र सिटामोल नेपाल सहित अन्य १३ देशलाई निर्यात गर्ने भएको छ । तर, भारतले यो औषधि निजी कम्पनीलाई नभई सरकारलाई मात्रै निर्यात गर्ने रणनीति लिएको छ ।

हालसम्म यो औषधि भारतमा नीजि कम्पनीले भारतभित्रै निर्यात गर्दै आएको थियो भने स्वदेशी कम्पनीले विदेश निर्यात गर्न प्रतिबन्ध लगाएको थियो । तर, भारतमाथि नै पूर्ण निर्भर रहेका मुलुकहरुका लागि यो औषधि निर्यातको व्यवस्था भारत सरकारले गर्ने निर्णय गरेको हो ।

भारत सरकारले शुक्रवार दिएको जानकारीमा यो औषधि नेपाल, भुटान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, अमेरिका, स्पेन, जर्मनी, ब्राजिल, बहराइनलगायतका देशलाई उपलब्ध गराउने  छ ।

हाइड्रोक्सीक्लोरोक्विन औषधि विश्वमा नै सबैभन्दा धेरै ७० प्रतिशत उत्पादन भारतले गर्दै आएको छ । मलेरियाका लागि उपयुक्त हुने भनिने हाइड्रोक्सीक्लोरोक्विन औषधि उपलब्ध गराइदिन यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका थिए ।

कसरी ल्याउन सकिन्छ भारतबाट औषधि ?
जुन देशलाई यो औषधि भारतबाट आयात गर्नु छ, त्यो देशले विदेश मन्त्रालयमार्फत् पहिले आवेदन दिनुपर्नेछ । त्यसपछि औषधि व्यवस्था विभागले त्यो  देशले गरेको माग अनुसार औषधि उपलब्ध गराउन सकिन्छ कि सकिँदैन भनेर आकलन गर्नेछ । र भारतमा उपलब्धता र भारतको हितसँगै सम्झौताबिनै भारतको विदेश व्यापार महानिर्देशालय (डीजीएफटी) लाई लाइसेन्स दिनका लागि विभाग सीमा शुल्क अधिकारिलाई अनुमतिका लागि सिफारिस गर्नेछ । डीजीएफटी वाणिज्य मन्त्रालय अन्तर्गत पर्छ र निर्यात आयातका लागि लाइसेन्स या अनुमति अथवा अनुमति प्रमाणपत्र दिने काम गर्छ । त्यसपछि मात्रै औषधि आयात गर्न सकिनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts