समाजिक विकास मन्त्रीको १२ जिल्लाका स्वास्थ्य प्रमुखसँग भिडियो सम्वाद



Download our app to get more features

रुपन्देही, २८ चैत । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्य अवस्था तथा कोरोना विरूद्धको तयारीबारे भिडियो सम्वाद सुरु गरेका छन् । 

कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको विषयमा मन्त्री बरालले प्रदेश ५ अन्तर्गतको १२ जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुखहरुसँग भिडियो सम्वाद गरेका हुन ।

भिडियो सम्वादको क्रममा कोरोना भाइरस नियन्त्रणका लागि जिल्लामा भएका कार्यहरुकोबारेमा स्वास्थ्य कार्यालयका प्रमुखहरुले रिपोटिङ गरेको र आवश्यक तयारीको सम्वन्धमा मन्त्रीलाई जानकारी गराएका थिए ।

सामाजिक विकास मन्त्री बरालले कोरोनाका संक्रमितको पहिचानको लागि परीक्षणलाई मन्त्रालयले प्राथमिकता दिएको बताउँदै र्यापिड टेष्टको लागि किट पठाईसकिएको बताए । ‘आवश्यक परेको खण्डमा माग गर्नुहोला हामी तुरुन्तै पठाईदिन्छौ । उनले भने, परीक्षणलाई तीव्रता दिन आर टी पिसिआर मेसिन थपेका छौ ।’ 

उनले उच्च मनोवलका साथ स्वास्थ्यकर्मीहरुलाई कार्य खटाउन निर्देशन दिँदै त्यसको वातावरण मन्त्रालयले मिलाउने बताए ।

जिल्लाका सबै अस्पतालहरुका सबै सेवाहरु सुचारु गर्ने व्यवस्था मिलाउन प्रमुखहरुलाई निर्देशन दिएका छन् । साथै दीर्घरोगीहरुको लागि चाहिने औषधिको नियमित व्यवस्थापनको लागि पनि व्यवस्था गर्न निर्देशन दिए । 

लकडाउन लम्विदै जादा अन्य बिरामी मर्कामा परेको बताउदै उनले सबै सेवा सूचारु गराउने व्यवस्था मिलाउनुस निर्देशन दिए । जेष्ठ नागरिक असाहय अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्न समेत मन्त्री बरालले निर्देशन दिए ।

मन्त्री बरालले जिल्लाका स्थानीय तह, राजनीतिक दल, विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी कोरोना भाइरस नियन्त्रणको कार्य गर्न निर्देशन दिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनालले स्वास्थ्यसँग सम्बन्धीत जिल्लाका समस्याहरु समाधानको लागि प्रयास भईरहेको बताए ।

Last modified on 2020-04-11 07:16:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts