कोशी अस्पतालमा पिसिआर मेशिनमार्फत सम्भावित कोरोना भाइरसको नमूना परीक्षण सुरु



Download our app to get more features

काठमाडौं, २८ चैत । कोशी अस्पतालमा पनि शुक्रबारबाट पिसिआर मेशिनमार्फत सम्भावित कोरोना भाइरस (कोभिड–१९) को नमूना परीक्षण सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कोभिड –१९ ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारबाटै अस्पतालमा पिसिआर मेशिनले नमूना परीक्षण गर्न थालेको जानकारी दिएका हुन् ।

सो क्रममा प्रवक्ता डा. देवकोटाले शुक्रबारसम्म कुल ३५२४ नमूना परीक्षण भएको जानकारी दिए । यस्तै गत २४ घण्टामा ६३० नमूना परीक्षण भएको र यसमा  काठमाडौं उपत्यकामा ४३० वटा, उपत्यका बाहिर २२९ नमूना परीक्षण सम्पन्न भएको जनकारी दिए । उनले देशभरका प्रयोगशालमा परीक्षणका क्रममा रहेका आठ सय भन्दा नमूना रहेको जानकारी पनि दिए । स्वास्थ्य परीक्षणको दायरा बढाएसँगै नमूना परीक्षणको गति पनि बढीरहेको उनको भनाइ छ । 

सो क्रममा प्रवक्ता डा. देवकोटाले हालसम्म देशभरमा ८६६० क्वारेन्टाइनमा रहेका र १२५ जना आइशोलेसनमा रहेको बताए । उपत्यकाभित्र १५ जना र उपत्यका बाहिर ११० जना आइशोलेसनमा छन् । र्यापिड डाइग्नोष्टिक टेष्टबाट परीक्षण गर्नेगरी हिजो विहीबार नै हरेक प्रदेशमा पाँच हजारका दरले अवश्यक सामाग्री र जनशक्ति परीचालन भइसकेको जनाए । सोही कारण हरेक प्रदेशका जिल्लाबाट यस्ता परीक्षणका रिर्पोट आउन थालेका छन् । जसअनुसार कैलालीमा ३४९ वटा, कन्चनपुरमा १३७ वटा गरी कुल ४७६ वटा परीक्षण भएको छ । यी सबैको नतिजा नेगेटिभ रहेको डा. देवकोटाले बताए । यसैगरी कपिलवस्तुमा २१ वटा, बाग्लुङमा १९ वटा परीक्षण भएकोमा सबै नेगेटिभ रिर्पोट आएको छ । अन्य जिल्लामा पनि र्यापिड डाइग्नोष्टिक टेष्टमार्फत परीक्षण भइरहेको र रिर्पोट आउने क्रम जारी छ ।

कोशी अस्पतालमा पिसिआरमार्फत नमूना परीक्षण सुरु भएसँगै अब ११ स्थानबाट कोरोना भाइरस (कोभिड –१९) को नमूना परीक्षण सुरु भएको छ ।  अन्य जिल्लामा पनि पिसिआर मेशिन जडान भइरहेको डा. देवकोटाले जानकारी दिए । इपिडिमियोलोजी तथा रोग निवारण माहाशाखा र नेपाली सेनाको टोलीले हिजो विहीबार डडेल्धुराबाट १९९ र बैतडीबाट ४२५ र कर्णाली प्रदेशबाट ८५ गरी जम्मा ७०९ वटा नमूना संकलन गरेको छ । यी नमूनको राष्ट्रिया प्रयोगशालमा परीक्षण भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले हाल सेवा बाहिर रहेका र सेवा निवृत्त भएका चिकित्सक स्वास्थ्यकर्मीहरुलाई स्वस्पूmर्त रुपमा आबद्ध हुन् आग्रह गरेको छ । साथै छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको छ । 

यस्तै डा.देवकोटाले सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको पनि जानकारी गराए । 

शुक्रबार मन्त्रालयमा सुमीका प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको उनले बताए ।

७ वटै प्रदेशमा एक हजार लिटरका दरले पठाइने र केन्द्रमा ३ हजार लिटर वितरण गरिने पनि उनले जानकारी दिए ।

Last modified on 2020-04-10 20:37:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts