गृहको निर्देशनपछि समाजवादी पार्टीका सांसद यादव घरभित्रै कवारेन्टाइनमा



Download our app to get more features

काठमाडौं, २७ चैत । समाजवादी पार्टीका सांसद प्रदिप यादव घरभित्रै कवारेन्टाइनमा बसेका छन् ।

पर्साको सीमावर्ती सहर रक्सौलमा क्वारेन्टाइनमा बसेका नेपालीलाई भेट्न गएका यादवलाई  सरकारले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन् ।

गृह मन्त्रालयले समाजवादी पार्टीका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएपछि उनी आफ्नै घरभित्र क्वारेन्टाइनमा बसेका हुन् । 

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सांसद यादव होम क्वारेन्टाइनमा बसेको बताए । 

दुवै देश लकडाउनमा रहेको अवस्थामा सांसद यादव सीमापारी गएर आएकोले उनी क्वारेन्टाइनमा बस्नुपर्ने माग उठेपछि उनलाई क्वारेन्टाइनमा राखिएको हो ।

सांसद यादव, दुई जना स्थानीय पत्रकारसहित ४ जनाको टोली लिएर रक्सौल पुगेर त्यहाँ क्वारेन्टाइनमा राखिएका नेपालीलाई भेटेर फर्केका थिए ।

सांसद यादवसहित रक्सौल पुगेर आएका ४ जना १४ दिनसम्म बाहिर निस्कन नपाउने भएका छन् ।

रक्सोलस्थित हजारी मल उच्च माध्यमिक बिद्यालयमा त्यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइन स्थापना गरेको छ । क्वारेन्टाइनमा रहेका २५ जना मध्ये १६ जना नेपाली छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts