डडेल्धुरामा क्वारेन्टाइनमा बसेकाहरूको नमूना संकलन हुँदै

धनगढी, २७ चैत । डडेल्धुराका विभिन्न क्वारेन्टाइनमा बसेका सर्वसाधारणको थ्रोट स्वाब नमूना संकलन सुरु भएको छ। बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण (भिटिएम) पुर्याइएपछि थ्रोट स्वाब संकलन सुरु भएको हो।
डडेल्धुरा सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र सादनी गरी तीन स्थानबाट कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। कोराना परीक्षणका लागि डडेल्धुरामा १९० जनाको थ्रोट स्वाब संकलन गरिनेछ। ती सबै केलालीको गौरीफन्टा भएर गएका थिए।