प्रादेशिक अस्पतालका डाक्टर बर्खास्त प्रकरण: चिकित्सक संघ लुम्बिनीले माग्याे कारण

रुपन्देही, २७ चैत । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले लुम्बिनी प्रादेशीक अस्पतालका ५ जना चिकित्सक बर्खास्त गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
चिकित्स संघको लुम्बिनी शाखाका अध्यक्ष डा ईन्द्र ढकाल र महासचिव डा सन्तोष पोखरेलद्वारा हस्ताक्षिरीत उक्त विज्ञप्तिमा कोरोनाको महामारीको अबस्थामा राज्यले चिकित्सकलगायत स्वास्थ्यकर्मीको मनोवलवृद्धि गर्नुको सट्टा सेवारत निवृत र विभिन्न निजी संघ संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सेवामा आउन आह्वान गर्नुपर्ने अवस्थामा यस्तो समाचार आउनु दुखद भएको उल्लेख गरेका छन । यस्तो बिषयम परिस्थीतीमा चिकित्सक र स्वास्थ्यमर्कि मनोबल नघटाई सेवामा समर्पित हुन आग्रह गरेको छ ।
के कारणले उक्त घटना भएको समाजीक बिकास मन्त्रालय प्रदेश ५ र लुम्बिनी प्रादेशिक अस्पतालले स्पस्ट पार्न आग्रह गर्दे समन्धीत पक्षसंग छलफल गर्न तयार रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।