गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर बिक्रिवितरण गर्नेलाई विभागले कारबाही गर्ने

काठमाडौं, २७ चैत । औषधि व्यवस्था विभागले बजारमा विषाक्त स्यानिटाइजरको बिक्रीवितरण गर्नेलाई कारबाही गर्ने भएको छ ।
विभागले सूचना जारी गर्दै मापदण्डविपरित विषाक्त स्यानिटाइजर बिक्रीवितरण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भएको भन्दै त्यस्ता उद्योग र व्यापारीलाई कारबाही गर्ने जनाएको छ ।
नेपाल कायाकल्प उद्योगले बनाएको ह्यान्डस्यानिटाइजरमा विभागले तोकेको मापदण्ड विपरित तत्वहरु प्रयोग गरेर बिक्रिवितरण गरेको पाइएपछि विभागले हातमा प्रयोग गरिने स्यानिटाइजरमा आइसोप्रोपाइल अल्कोहल वा इथाइल अल्कोहल हुनुपर्नेमा मिथाइल अल्कोहलबाट बनाइएको भेटिएको बताएको छ ।
विभागले न्यून गुणस्तरका स्यानिटाइजर पनि बिक्रीवितरण भइरहेकाले त्यस्ता स्यानिटाइजर बिक्रीवितरण नगर्न बिक्रेता र लेबल यकिन गरेर प्रयोग गर्न उपभोक्तलाई अनुरोध समेत गरेको छ ।