स्वास्थ्य सामाग्री खरिदका लागि जीटूजीमार्फत पाँच देशलाई पत्राचार



Download our app to get more features

काठमाडौं, २७ चैत । सरकारले जीटूजीमार्फत कोरोना संक्रमणविरुद्धका मेडिकल सामग्री किन्नका लागि पाँच देशलाई पत्राचार गरेको छ । 

नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले भारत, चीन, सिंगापुर, दक्षिण कोरिया र जापानका दूतावासमार्फत स्वास्थ्य सामाग्री खरिदका लागि पत्राचार गरेको हो ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले नेपाल सरकारले जीटूजीमार्फत मेडिकल सामग्री खरिद गर्नुपर्ने भएकाले दूतावासमार्फत पहल गरेको हो । नेपाली सेनाले पनि ती देशमा रहेका राजदूतावासका सैनिक सहचारीमार्फत सामाग्रीहरु खरिदबारे पहल थालेको छ ।

सम्बन्ीधत देशबाट कुन सामग्री कतिमा दिने भन्ने जानकारी आएपछि खरिद प्रक्रिया अघि बढ्ने बताइएको छ । 

निजी कम्पनीमार्फत खरिद गर्न खोज्दा विवाद भएपछि सरकारले अत्यावश्यक सामग्री जीटूजीमार्फत खरिद गर्न लागेको हो । खरिदको जिम्मा सेनालाई दिइएको छ । नेपाली सेनाले विद्यमान ऐन नियम अनुसारनै खरिद हुने जनाएको छ ।

Last modified on 2020-04-09 06:08:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts