कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुरामको सव ११ औं दिनमा उठ्ने

रुपन्देही, २६ चैत । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसनमा मृत्यु भएका बाबुराम थापाको शव ११ औं दिनमा उठ्ने भएको छ ।
कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमचा उपचारका क्रममा ज्यान गुमाएका थापाको शव १० दिनपछि ११ औं दिनमा परिवारले बुझने भएका छन् ।
प्रदेश ५ को समाजिक विकास मन्त्रालयमा आयोजित सर्वपक्षीय बैठकबाट परिवारका सदस्यको माग सम्बोधन गर्ने सहमति जुटेसँगै थापाको शव उठ्ने भएको हो ।
८ लाख ४१ हजार नगद क्षतिपुर्तिवापत उपलब्ध गराउने, त्यसैगरी, बाबुरामका २ छोरालाई उच्च शिक्षासम्म पठनपाठन र श्रीमती रीता थापा क्षेत्रीलाई सैनामैनाको स्थानीय सरकारले रोजगारी दिने लिखित सहमति पनि जुटेको छ ।
दुबईबाट चैत्र पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । अस्पतालमा भर्ना भएको चौथो दिन चैत १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो ।
उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो । तर, परिवारले उपचारमा लापरबाही भएको भन्दै शव बुझ्न मानेका थिएनन् । क्षतिपूर्तिलगायतका माग उनीहरूले अघि सारेका थिए ।