कोरोना भाइरसको डरले अस्पताल नजाने पाँच चिकित्सक लुम्बिनी प्रादेशिक अस्पतालबाट बर्खास्त



Download our app to get more features

रुपन्देही, २६ चैत । प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस महामारीको संकटमा पनि अस्पताल नजाने पाँच चिकित्सकलाई बर्खास्त गरेको छ । मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सकहरुलाई हटाएको हो । 

सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएपछि उनीहरुलाई हटाईएको लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले भने विना सूचना अस्पतालमा उपस्थित नभएका पाँच चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको बताए ।

खनालले रेडियोलोजी विभागमा कार्यरत डा। बरदान वली र डा। ताराप्रसाद शर्मा, इएनटी विभागका डा। प्रकाश न्यौपाने, युरो सर्जन डा। सुवासचन्द्र चौधरी, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्कीलाई सेवाबाट हटाईएको बताए । हटाईएका चिकित्सकहरु करारमा नियुक्त हुन् ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामो सुत्केरी विदा, काज क्रिया विदा र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक कर्मचारीहरुलाई हटाउन निर्देशन दिएका थिए।

Last modified on 2020-04-08 15:51:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts