नमूना परीक्षण गर्ने आरटीपीसीआर मेसिन धनगढी आइपुग्यो



Download our app to get more features

धनगढी, २६ चैत । कोरोना परक्षिण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण ल्याएर काठमाडौँबाट उडेको नेपाली सेनाको स्काईट्रक धनगढी आइपुगेको छ । 

धनगढीमा स्थापना भएको प्रयोगशाला मार्फत् धेरै कम सङख्यामा परीक्षण हुन थालेपछि बढि क्षमताका उपकरण ल्याएर सेनाको स्काई ट्रक केही बेर अघि धनगढी विमानस्थलमा अवतरण गरेको हो ।

ती उपकरण जडान भए तीन घण्टामा ९६ जना र दिनमा चार सयको परीक्षण गर्न सकिने बताईएको छ । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटेनरिको प्रयोगशालामा आज स्थापना गर्ने लक्ष्य राखिएको छ । 

सोही स्काई ट्रक मार्फत मंगलवार संकलन गरिएका थ्रोट स्वाबको नमूना समेत पठाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । यसअघि संघिय सरकारले धनगढीको सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा ल्याएको कोरोना परिक्षण प्रयोगशालामा कम क्षमताका उपकरण पठाएपछि समस्या भएको छ ।

कोरोना भाईरसको उच्च जोखिममा रहेको सुदूरपश्चिममा कम क्षमताका उपकरण भएको प्रयोगशाला स्थापना गरिएपछि नमूना परिक्षणमा ढिलाई भईरहेको थियो । एक घण्टा १४ मिनेटमा रिर्पोट आउने दावी गरिएपनि अहिले औसतमा दैनिक तीनवटा नमूना मात्रै परिक्षण भईरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts