कोरोना भाइरसलाई एकताबद्ध भएर परास्त गर्न मन्त्री ढकालको आग्रह



Download our app to get more features

काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानव जातिका लागि दुस्मन रहेको भन्दै यसलाई परास्त गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । 

मंगलबार ज्योति ग्रुपले हस्तान्तरण गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्ने बताए ।

मन्त्री ढकालले विपद्को बेलामा सरकारसँग हामी सँगै छौँ भनेर दिएको सहयोगका निम्त धन्यवाद दिँदै सबै मिलेर नै कोरोनालाई परास्त गर्न सकिने भन्दै यस्ता सहयोगले कोरोनाको विरुद्धमा फ्रन्टलाइनमा बसेर काम गर्ने सम्पूर्ण चिकित्साकर्मी लगायत सबैको मनोबल अझै बढ्ने बताए ।

स्पे्रयर हस्तन्तरण गर्दै ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि.का अध्यक्ष सौरभ ज्योतिले अहिले थप सहायोगका निम्त तयार रहेको भन्दै सरकारलाई विपद्को समयमा सहयोग गर्नु कम्पनीको पनि कर्तव्य रहेको उल्लेख गरे ।

आगामी दिनमा पनि अन्य खालका सहायोगका लागि कम्पनी तयार रहेको उनको भनाइ छ ।

होण्डा अटोमेटिक ब्याकप्याक स्पे्रयर सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नका निमित्त उपयोगी हुनेछ । ज्योति ग्रुपले १० थान अटोमेटिक ब्याकप्याक स्पे्रयरको ७ लाख रुपैयाँ पर्ने जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts