कोरोनासँग लड्न विश्व बैंकले नेपाललाई दियो साढे ३ अर्ब ऋण



Download our app to get more features

काठमाडौं, २५ चैत । विश्व बैङ्कले कोरोना शंकटसँग जुध्न नेपाललाई साढे ३ अर्ब ऋण प्रदान गरेको छ ।

कोविड–१९ आपतकालीन, महामारी पूर्वतयारी तथा योजनाअन्तर्गत विश्व बैङ्कले २९ मिलियन डलर झन्डै ३ अर्ब ४८ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्रदान गरेको हो । 

ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा मंगलबार विश्व बैङ्क र अर्थमन्त्रालयबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतासँगै ऋण सहायता कार्यान्वयनमा समेत आएको विश्व बैङ्कले जनाएको छ । सम्झौतामा अर्थसचिव शिशिर ढुंगाना र नेपालका लागि विश्व बैङ्कका कन्ट्री म्यानेजर फारिस हदाद जेर्वोसले हस्ताक्षर गरेका छन् ।

यसअघि १६ चैतको मन्त्रिपरिषद् बैठकले उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । यस परियोजनाअन्तर्गत प्राप्त रकम कोरोना भाइरसविरुद्ध नेपालको क्षमता अभिवृद्धिमा प्रयोग हुने विश्व बैङ्कले जनाएको छ ।

बढीभन्दा बढी परीक्षण गरी सम्भावित संक्रमित पत्ता लगाउन, देशभर आकस्मिक स्वास्थ्य क्षमता र पूर्वाधार बढाउन समेत यो रकम प्रयोग गरिने भएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts