दोस्रो चरणको कोरोनाबाट बच्न सरकारका यस्ता छन् दुई रणनीति



Download our app to get more features

काठमाडौं, २५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा दोस्रो चरणमा प्रवेश गरेको कोरोनाबाट बच्नका लागि दुईवटा रणनीति अबलम्बन गरेर अघि बढ्ने भएको छ । 

विश्वव्यापी महामारी बनेको कोविड–१९ का नेपालमा दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा सरकारले नमूना परीक्षणको दायरालाई तीव्रता दिने भएको छ । व्यक्तिबाट व्यक्तिमा पहिलोपट नेपाल भित्रै कोरोना सरेपछि सरकारले महामारी दोस्रो चरणमा फैलिएको भन्दै सरकराले यसका लागि नमूना परीक्षणको दायरलाई बढाउने रणनीति तय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा मन्त्रालका प्रवक्ता डा.विकास देवकोटाले सरकारले नमूना परीक्षणका लागि बागलुंग र सुदूरपश्चिममा विशेष टोली पठाइसकेको बताए । 

उनले भने, ‘दोस्रो चरणमा कोरोना प्रवेश गरिसकेको अवस्थामा नेपालमा लकडाउन थपिएको र पछि यसलाई अझ बढाउन सकिने अवस्था आउन सक्छ । त्यसकारण बाहिरबाट आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ ।’

उनले नमूना परीक्षणलाई तिव्रता दिनु र क्वारेन्टाइनको महत्व सबैले बुझेर बस्नुपर्ने अर्को रणनीति रहेको बताए । 

यस्तै हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १७ सय ९६ वटा नमूना परीक्षण भएको जानकारी दिँदै उनले हाल उपत्यका बाहिर ९ ठाउँबाट नमूना परीक्षण भइरहेको बताए । 

जानकारी दिने क्रममा उनले र्यापिड डाइग्नोस्टिक टेस्ट किट र स्वाब दुवैबाट नमूना परीक्षण सुरु भइसकेको र कैलालीमा १८ र कञ्चनपुरमा २१ वटा नमूना संकलन गरिएको बताए । यस्तै अछाम र जुम्लामापनि आजबाट नमूना संकलन सुरु भएको जानकारी गराए ।

यस्तै हाल नेपालमा १६ जना काठमाडौंमा र ८४ जना उपत्यका बाहिर आइसोलेसनमा रहेका छन् । नेपालभर ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा । यस्तै चैत महिनाभरि बाहिरबाट आएकाहरुको ९० प्रतिशत कन्ट्र्याक्ट ट्रेसिंग सकिएको पनि उनले जानकारी गराए ।

यस्तै सरकारले स्थापना गरेको कोराना कल सेन्टरमा हालसम्म ३ हजार ५ सय ५ वटा प्रश्नको सम्बोधन गरिएको छ । मोबाइल एप र वेबसाइटमा ११ हजार २ सय ३९ जनाले आफ्नो नामसहित आफूमा देखिएको लक्षण दर्ता गराएका छन् । पछिल्लो २४ घन्टामा एप र वेबसाईटमा एक हजार १ हजार ८ सय ५१ जनाले लक्षणसहित नाम दर्ता गराएको र त्यसमा  १७ जना रेड जोनमा रहेका छन् । उनीहरुको नमूना परीक्षणको तयारी भइरहेको छ भने कुल हालसम्म १ सय ७२ जना वेबसाईट र एममा रेड जोनमा परेका छन् । 

प्रवक्ता देवकोटाले पछिल्लो समय जाँच गरिएकोमा एक जनापनि नयाँ संक्रमित नभएको तथा संक्रमित आठै जनाको स्वास्थ्यस्थिति सामान्य रहेको बताए । 

Last modified on 2020-04-07 17:35:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts