निक साइमन इन्स्टिच्युटद्वारा १० वटा पोर्टेबल भेन्टिलेटर र हजार थान पिपिई हस्तान्तरण



Download our app to get more features

काठमाडौं, २५ चैत । निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र हजार थान पिपिई (व्यक्तिगत शुरक्षा सामाग्री) हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा. अनिल श्रेष्ठले ती सामाग्री हस्तान्तरण गरेका हुन् ।

मन्त्री ढकालले भेन्टिलेटर र पिपिई जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै सबैको प्रयासले कोरोनाविरूद्धको लडाइमा विजय प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे । उनले विपद्को यस अवस्थामा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, बुटवल र बाग्लुङमा २–२ वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनाका लागि तयारी अवस्थामा राखिने जानकारी दिए । 

इन्स्टिच्युटका तर्फबाट डा. श्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने कोशिश भइरहेको बताए । नेपाल सरकारसँग सहकार्य गर्न पाएकोमा उनले खुशी प्रकट गरे । स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री सम्बन्धित जिल्लामा पठाउने  सुरू भएको जानकारी दिए । पिपिई यसअघि नै जिल्ला जिल्लामा पठाइएको श्रेष्ठले बताए ।

Last modified on 2020-04-07 14:31:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts