सेती अस्पतालमा  बिरामीको प्रत्यक्ष सम्पर्कबिनै उपचार



Download our app to get more features

धनगढी, २५ चैत । सेती प्रादेशिक अस्पतालले बिरामीसँग प्रत्यक्ष सम्पर्कबिनै उपचार गर्ने प्रविधि भित्र्याएको छ। अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदिश जोशीका अनुसार टेस्टिङ बुथमार्फत बिरामीसँग प्रत्यक्ष सम्पर्क नगरी अस्पतालले जाँच र उपचार थालेको हो।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा यो प्रविधि भित्रिएपछि स्वास्थ्यकर्मीले पनि सुरक्षित महसुस गरेको जोशीले बताए। बिरामी बाहिर र स्वास्थ्यकर्मीभित्र भएर उपचार र स्वास्थ्य जाँच गर्न सकिने छ। राष्ट्रिय आविष्कार केन्द्रले स्थानीय स्रोत र साधन प्रयोगमार्फत करिब ७० हजार लागतमा तीन दिनमा बुथ तयार गरेर निःशुल्क हस्तान्तरण गरेको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts