आउने दुईसाता संघर्षपूर्ण भएकाले सबैलाई एकजुट हुन प्रधानमन्त्री ओलीको अपिल

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई हप्ता नेपालका लागि निकै महत्वपूर्ण भएको बताएका छन् ।
विश्वव्यापी महामारी बनेको कोविड-१९ का कारण विश्व नै त्रसित बनेको बेला आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आउने दुइ हप्ता नेपालका लागि निकै महत्वपूर्ण र संघर्षपूर्ण भएको बताए ।
उनले कोरोनाको यो लडाईबाट जोगिनका लागि सबै नागरिक, सम्बन्धी निकाय एकजुट हुनुपर्ने बताए ।
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले मानिसबाट मानिसमै कोरोना सरेको भन्दै यसले महामारीको दोस्रो चरणमा नेपाल प्रवेश गरेकोले सबैलाई सचेत रहन आग्रह गरेका गरे ।
उनले नेपालमा हालसम्म बाहिरबाट आएका व्यक्तिमा मात्रै कोरोना पुष्टि भएको तर, धनगढीमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्नाले त्यसले थप शंकट तर्फ संकेत गरेकाले त्यसतर्फ सबै नागरिक सचेत हुनुपर्ने बताए ।
मुलुकमा शंकटको अवस्था ननिम्त्यिोस् त्यसका लागि लक डाउनको अवधि पटक पटक थप गरिएकाले त्यसलाई पूर्ण पालना गरि आफू र आफ्नो परिवारको स्वास्थ्यलाई ध्यानमा राखि सबै एकजुट हुनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कोरोनाको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण माग अनुसार आपूर्ति गर्न नसकेकोमा दुःख व्यक्त गर्दै सरकारले सबैको स्वास्थ्यको ख्याल गरेका हुनाले त्यसमा ध्यान दिएर सक्दो छिटो उपलब्ध गराउने विषयमा दृढ रहेको बताए ।
हालसम्म नेपालमा ३० हजार ५ सय ६६ जना ९ हजार ६८ जना क्वारेन्टाइनमा रहेको, ३ हजार ९ सय ५९ जना क्षमताको आइसोलेसन तयार गरिएको जानकारी पनि उनले गराए ।
प्रधानमन्त्री ओलीले नेपालमा कोरोना यदि फैलिसकेको अवस्थामा नेपाल त्यसका लागि तयार रहेको बताए ।
नेपालमा हालसम्म १० स्थानबाट गरि हालसम्म ८ हजारको नमूना परीक्षण गरिएको भन्दै प्रधानमन्त्री ओलीले भेन्टिलेटर सहितको अपुग स्वास्थ्य सामग्रीको व्यवस्था गर्न लागिएको बताए ।
विभिन्न नेपालीहरु अहिले नेपाल भित्रिएका कारण आफ्नो र आफ्नो घर परिवारको स्वास्थ्यको ख्याल गरेर क्वारेन्टाइनमा बस्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले नेपाली सीमामा रहेका २ हजार १ सय ४७ जना ७ सय भारतीय नागरिकलाईपनि क्वारेन्टाइनमा राखिएको बताए ।
विश्वमा फैलिएका यस्ता अनेक महामारीबाट मानवजाति विजयी हासिल गरेको हुनाले यसको लडाईमा सहभागि सबैलाई धन्यवाद दिएका छन् ।