कोविड–१९ को उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि टेन्डर आह्वान

काठमाडौं, २५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड–१९ को उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि टेन्डर आह्वान गरेको छ ।
स्वास्थ्य सेवा विभागले आज सूचना प्रकाशित गर्दै कोविड–१९ को उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीका लागि टेन्डर आह्वान गरेको हो ।
विभागले कोविड–१९ लागि चाहिने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) अन्तर्गत चस्मा, गाउन, सर्जिकल मास्क, पञ्जा, अनुहार ढाक्ने हेलमेट, प्लास्टिकका बुट लगायतका सामग्री खरिदका लागि टेन्डर आह्वान गरेको हो ।
Last modified on 2020-04-07 10:08:34