खाडीका विभिन्न मुलुकमा कार्यरत ३० नेपालीमा कोरोना पुष्टि



Download our app to get more features

काठमाडौं, २५ चैत । खाडीका विभिन्न मुलुकमा गरि ३० जना नेपाली कामदारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

अहिलेसम्म मलेसियासहित विभिन्न खाडी गन्तव्यमा कार्यरत ३० जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण भएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

संक्रमितमध्ये सबैभन्दा बढी बहराइनमा १२ जना र युनाइटेट अरब इमिरेट्स दुबईमा ११ जना संक्रमित भएको विभागका महानिर्देशक कुमार दाहालले बताए ।

संक्रमित भएकामध्येबाट कुवेतमा एकजना महिलाको मृत्यु भएको भन्दै महानिर्देशक दाहालले मृत्यु भएका रुपन्देहीका सञ्जु पराजुली रहेको जानकारी दिए । उनले ती महिला भिजीट भिसामा गएको भएपनि श्रम स्विकृति लिएर गएकामध्ये अहिलेसम्म कसैकोपनि मृत्यु नभएको बताए । 

नेपाली कामदारको बाहुल्य रहेका सबैजसो श्रम गन्तव्य मुलुक अहिले कोरोना भाइरस संक्रमणको जोखिममा छन् । यसले गर्दा त्यहाँ कार्यरत नेपाली कामदार पनि संक्रमणको उच्च जोखिममा रहेका छन् । नेपाली कामदार कार्यरत सबैजसो देशमा अहिले पूर्ण वा आंशिक लकडाउन लागू छ । 

कामममा जानुपर्नेलाई संक्रमणको खतरा छ । क्याम्प तथा होस्टमा एउटै कोठामा धेरै कामदार बस्नुपर्ने भएकाले पनि जोखिम उच्च छ । विदेशमै रहँदा कतिपय कामदारको भिसा अवधि सकिएको छ । 

नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाएका कारण उनीहरु नेपाल फर्किन पाएका छैनन् । सरकारले उद्दार गर्न नसकिने स्पष्ट गरिसकेको छ । धेरैजसो देशले अध्यागमन सम्बन्धी समस्या भोगिरहेका कामदारलाई थप समय बस्ने सुविधा दिने घोषणा गरेका छन् । तर, अझै पनि कामदार अन्योलमा छन् । 

काम बन्द हुँदा कतिपय देशले कामदारको तलव कटौती गर्ने र बेतलबी विदा दिने नीति लिएपनि त्यहाँका श्रमिक नेपाली दोहोरो मारमा परेका छन् । 
 

Last modified on 2020-04-07 09:33:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts