सुदूरपश्चिममा ५५ दिनमा दुई सय ३० जनाको नमूना संकलन, एक सय ७१ को परीक्षण



Download our app to get more features

धनगढी, २५ चैत । सुदूरपश्चिम प्रदेशमा कोरोनाको परीक्षणका लागि नमूना संकलन गर्न थालिएको ५५ दिन पुगेको छ । हालसम्म प्रदेशभरी मै दुई सय ३० जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ । 

पहिलो पटक फागुन १ गते नमूना संकलन गरिएकोमा सोमवारसम्म दुई सय ३० जनाको नमूना संकलन गरिएको प्रंदेश स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ । तीमध्ये अहिलेसम्म एक सय ७१ जनाको मात्रै परीक्षण भएको केन्द्रले जनाएको छ ।

परीक्षण गरिएका एक सय ७१ जनामा चार जनाको रिपोर्ट पोजेटिभ र बाँकी एक सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए । नमूना संकलन गरिएका ५९ जनाको भने परीक्षण बाँकी रहेको उनले बताए । यस्तै धनगढीमा स्थापना गरिएको प्रयोगशालामा भने अहिलेसम्म १५ जनाको नमूना परीक्षण भएकोमा १५ जनाको नै रिपोर्ट नेगेटिभ आएको कार्कीले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपाली सेनाले क्वारेन्टाइनबाट संकलन गरेका ९२ जनाको थ्रोट स्वाव र बाँकी विभिन्न अस्पतालबाट संकलन गरिएका नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts