सुदूरपश्चिममा साढे २३ सय जना क्वारेन्टाइनमा, १० आइसोलेसनमा

धनगढी, २४ चैत । कोरोना भाइरस (कोभिड–१९) को डेन्जर जोनमा रहेको सुदूरपश्चिममा झण्डै साढे दुई हजार जनालाई क्वारेन्टाइनमा राखिएको दावी गरिएको छ ।
प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रले भारत तथा अन्य मलुकबाट फर्किएका दुई हजार तीन सय ६१ जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको हो ।
केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बैतडीमा सबैभन्दा बढी पाँच सय एक जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ । यस्तै कैलालीमा चार सय ५१ जना, कञ्चनपुरमा एक सय ७०, दार्चुलामा दुई सय ११, डडेल्धुरामा एक सय ४, डोटीमा चार सय २४, बझाङमा तीन सय २७, अछाममा ५६ र बाजुरामा एक सय १७ जनालाई क्वारेन्टाइनमा राखिएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रदेशभरी स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले पाँच हजार ४२ शैयाका क्वारेन्टाइन स्थापना गरेका छन् ।
यस्तै आपतकालिन केन्द्रले अहिले १० जनाको विभिन्न अस्पतालमा स्थापना गरिएका आइसोलेसनमा उपचार भइरहेको जनाएको छ । ६ जनाको सेती प्रादेशिक अस्पताल, दुई जनाको डडेल्धुरा अस्पताल, डोटी र बाजुरा अस्पतालमा एकरएक जनाको उपचार भइरहेको केन्द्रले जनाएको छ । प्रदेशभर अहिलेसम्म ४६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।धनगढी, २४ चैत । कोरोना भाइरस (कोभिड–१९) को डेन्जर जोनमा रहेको सुदूरपश्चिममा झण्डै साढे दुई हजार जनालाई क्वारेन्टाइनमा राखिएको दावी गरिएको छ ।
प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रले भारत तथा अन्य मलुकबाट फर्किएका दुई हजार तीन सय ६१ जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको हो ।
केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बैतडीमा सबैभन्दा बढी पाँच सय एक जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ । यस्तै कैलालीमा चार सय ५१ जना, कञ्चनपुरमा एक सय ७०, दार्चुलामा दुई सय ११, डडेल्धुरामा एक सय ४, डोटीमा चार सय २४, बझाङमा तीन सय २७, अछाममा ५६ र बाजुरामा एक सय १७ जनालाई क्वारेन्टाइनमा राखिएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रदेशभरी स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले पाँच हजार ४२ शैयाका क्वारेन्टाइन स्थापना गरेका छन् ।
यस्तै आपतकालिन केन्द्रले अहिले १० जनाको विभिन्न अस्पतालमा स्थापना गरिएका आइसोलेसनमा उपचार भइरहेको जनाएको छ । ६ जनाको सेती प्रादेशिक अस्पताल, दुई जनाको डडेल्धुरा अस्पताल, डोटी र बाजुरा अस्पतालमा एकरएक जनाको उपचार भइरहेको केन्द्रले जनाएको छ । प्रदेशभर अहिलेसम्म ४६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।