कोरोना भाइरस रोकथाम र नियन्त्रणको नेतृत्व अब स्वास्थ्य मन्त्रालयका ११औं तहका कर्मचारीलाई 



Download our app to get more features

काठमाडौं, २४ चैत । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका ११औं तहका कर्मचारीको नेतृत्वमा हरेक प्रदेशमा भएका दक्ष जनशक्तिको पहिचान गर्ने भएको छ । यस्तै जनशक्ति नपुग भएमा निजी, गैरसरकारी अस्पताल, करार वा स्वयंसेवी रुपमा कर्मचारी भर्ना गरिने भएको छ । तीन दिनभित्र यो कामका लागि सिफारिस गर्न भनिएको छ । यसले नेपाल सरकारलाई थप शसक्त बनाउने छ ।

नेपालमा कोरोना भाइरसको पछिल्लो अवस्था बारे जनाकारी दिन सोमबार आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १६ सय ९७ वटा नमूना परीक्षण गरिएको बताए । नेपालभरी १० स्थानबाट नमूना परीक्षण सुरु भएको छ । भैरहवा, धुलिखेल र भरतपुरमा आजबाट नमूना परीक्षण सुरु भएको छ । उपत्यका बाहिर नमूना परीक्षण ९ स्थानमा भइरहेको छ भने उपत्यकामा टेकुमा मात्रै नमूना परीक्षण हुने गरेको छ ।

क्वारेन्टाइनमा रहेका बाग्लुङ, कञ्चनपुर र कैलालीका नागरिकको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्नका लागि विशेष टोली त्यसतर्फ प्रस्थान गरिसकेको र सम्भवतः भोलिबाट नमूना परीक्षण सुरु हुनेछ । हाल काठमाडौं उपत्यकामा १२ जना र उपत्यका बाहिर ९५ जना गरि एक सय ७ जना आइसोलेसनमा छन् । डा. देवकोटाले देशैभर ९ हजार एक सय ६८ जना क्वारेन्टाइनमा रहेको र कन्ट्र्याक्ट ट्रेसिंग पनि भइरहेको बताए । 

सो क्रममा उनले कल सेन्टरमा हालसम्म ३ हजार २ सय ४२ वटा कल आएको र मोबाइल एप, वेबसाइटमा गरेर २४ घन्टामा १२ सय ९१ जनाले दर्ता गराएका छन् । कुल संख्या ९ हजार ३ सय ८८ पुगेको छ । मोबाइल एप प्रयोग गर्ने १२ हजार पुगेका छन् । पछिल्लो २४ घन्टामा जम्मा ५ जना रेड जोनमा परेका छन् । उनीहरुको नमूना परीक्षण गरिनेछ । 

राष्ट्रिय एम्बुलेन्स सेवा, काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयबीच सहकार्य गरि १० वटा एम्बलेन्स तयारी अवस्थामा राखिने सहमति भएको छ । १०२ मा कल गरेर सेवा लिन सकिने ।
चैत महिनाभित्र विदेशबाट नेपाल भित्रिएकाहरुको नमूना परीक्षणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र महानगरपालिकाले सहकार्य गर्ने भएका छन् । नेपाल मेडिकल काउन्सिलले विभिन्न अस्पतालमा अनुगमन गरेको छ । कोरोनाका कारण उपचार गर्न नमानेको विषय उठेपछि अनुगमन गरिएको हो ।१४ दिनमा यदि क्वारेन्टाइन बस्दा लक्षण नदेखिएमापनि घरमा बस्दा एक्लै क्वारेन्टाइनमा बस्न भनिएको छ ।

Last modified on 2020-04-06 17:21:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts