कैलालीका कोरोना संक्रमित युवासँगै नेपाल आएका दाङका सात युवा कोरोना विशेष अस्पतालमा



Download our app to get more features

दाङ, २४ चैत । कोरोना भाइरसको आसंकामा दाङमा हालसम्म २० जनाको स्वाब परीक्षण भएको छ । आइसोलेशनमा बसेका २० जनाको स्वाब परीक्षण गरिएको हो ।

कोरोना भाइरसआशंकामा स्वाब परिक्षण गरिएका २० जनाकै रिर्पोट निगेटीभ देखिएको छ । रिर्पोट निगेटिभ भएपछि उनीहरुलाई डिस्चार्ज गरेको स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । कोरोनाको आशंकमा अहिले सात जनालाई बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा राखिएको उनले बताए । उनीहरुको स्वाब पनि परीक्षणका लागि पठाउने तयारी भइरहेको फोकल पर्सन चन्दले जानकारी दिए । यसैबीच कैलालीका कोरोना संक्रमित युवासंगै भारतबाट आउने दाङका १० जना युवा मध्ये ७ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पतालको राखिएको छ ।

दाङका दश जना युवा पनि कैलालीका कोरोना संक्रमित युवासंगै भित्रिएको  समाचार सार्वजनिक भएपछि प्रहरी र पालिकाले खोजी गरेर सम्पर्कमा ल्याएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts