लकडाउन ३ वैशाखसम्म थपियो



Download our app to get more features

काठमाडौं, २४ चैत । दुई सातादेखि जारी लकडाउन थप एक साता लम्बिएको छ । मन्त्रिपरिषद् बैठकले सोमबार लकडाउनलाई ३ वैशाखसम्म थप्ने निर्णय गरेको हो । 

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नका लागि सरकारले ११ चैतमा देशलाई लकडाउन गरेको थियो । पछि १७ चैतमा सरकारले पुन लडकडाउनलाई निरन्तरता दिदै २५ चैतसम्म पुर्‍याउने निर्णय गरेको थियो । पछिल्लो पटक घोषणा गरेको लकडाउन भोलि मंगलबार मध्यरातमा सकिदैछ । त्यसको अघिल्लो दिन बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई थप्ने निर्णय गरेको हो । 

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई पनि सरकारी डाक्टरहरु सरह सेवा सुविधा दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टरहरु सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरेर कामको अवसर दिने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा सम्बन्धित तहअनुसार मिलान गरेर काम गर्न अवसर दिने र उहाँहरुले पाउने सुविधा सरकारी चिकित्सकहरुले पाउनेसरहको हुने छ र उहाँहरुको तह पनि त्यसैअनुसार मिलाइने बताए ।

कोरोना नियन्त्रण तथा रोकथाममा खटिने चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उकास्न सत प्रतिशत भत्ता दिने निर्णय यसअघि नै गरिसकेको छ ।

Last modified on 2020-04-07 07:55:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts