मन्त्रीपरिषद बैठक २ बजे बस्दै, लकडाउन एक साता थप्ने तयारी



Download our app to get more features

काठमाडौं, २४ चैत । मन्त्रीपरिषदको बैठक आज बस्दैछ ।

दुई सातादेखिको लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । 

दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लक डाउन र सीमा बन्द थप गर्नेबारे छलफल गर्ने बारेमा छलफल हुने एकमन्त्रीले हाम्रो डाक्टरन्यूजलाई बताए । उनले कम्तिमा एक साता लक डाउनको अवधि थप गर्ने तयारी गरिएको पनि उनले जानकारी गराए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको पनि उनले बताए ।

प्रधानमन्त्रीले कहिले सम्बोधन गर्ने भनेर आजकै मन्त्रिपरिषदको बैठकबाट तय हुनेछ ।

Last modified on 2020-04-06 15:56:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts