क्वारेन्टाइन तथा राहत वितरणको विद्यमान व्यवस्था परिमार्जन गर्ने सरकारको निर्णय



Download our app to get more features

काठमाडौं, २३ चैत । सरकारले क्वारेन्टाइन तथा राहत वितरणको विद्यमान व्यवस्था परिमार्जन गर्ने निर्णय गरेको छ । 

आइतवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले कोरोना संक्रमण देखिएको बिरामीलाई लिन जाने टोलीमा नेपाली सेना र स्वास्थ्यकर्मी रहने तथा उनीहरुको भूमिका र सुरक्षाको विषय पनि थप प्रष्ट बनाइने निर्णय गरेको हो ।

यस्तै बैठकले कोरोनाविरुद्धको अभियानका लागि देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । जसमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ ।

परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

यसअघि क्वारेन्टाइनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विनापरीक्षण घर पठाउने गरिएको थियो । तर, अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ ।

सचिव बिडारीले स्वास्थ्य सामग्री खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनको व्यवस्थामै टेकेर जी टू जी, निजी र प्रतिस्पर्धाबाट तथा सोझै खरिद गर्ने बाटो खुल्लै राख्ने विषयलाई थप प्रष्ट्याइएको पनि बताए । 

Last modified on 2020-04-05 20:18:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts