रुपन्देहीको सैनामैनामा एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

रुपन्देही, २३ चैत । सैनामैनामा आइतबार भएको एम्बुलेन्स दुर्घटनामा तीन जना घाइते भएका छन् । पुर्व–पश्चिम राजमार्ग संगमटोलमा दुर्घटना हुँदा एम्बुलेन्समा सवार तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । बुटवलबाट कपिलबस्तुतर्फ आउँदै गरेको लु१च ७४९७ नम्बरको एम्बुलेन्स तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका–३ बस्ने २२ वर्षका तारिक शाह, दाङ तुल्सीपुर उपमहानगरपालिका –१५ बस्ने ३० वर्षका अमर थापा र सोही ठाउँ बस्ने २९ वर्षीय डिल्लीराज राउत छन् । घाइते तिनै जनालाई स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने चालकसहित एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ ।
Last modified on 2020-04-05 18:10:28