कोरोना भाइरस रोकथाम र उपचारमा बाधा पुर्याउनेमाथि कानुन अनुसार कारबाही हुने



Download our app to get more features

काठमाडौं, २३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र उपचारमा खटिएका चिकित्सक, नर्स, अन्य प्राविधिक कर्मचारीको काममा बाधा पु¥याउनेलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने बताएका छन् । कोरोना रोकथाम र उपचारमा संलग्न व्यक्तिहरुलाई सुरक्षाको ग्यारेन्टी दिनेगरी मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको उनको भनाइ छ । कोरोना भाइरससम्बन्धी अपडेड दिने क्रममा आइतबार उनले यस्तो बताएका हुन् ।

यस्तै उनले आइताबारसम्ममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १५ सय २९ जनाको कोरोना परीक्षण गरेको जानकारी पनि दिए । सोही क्रममा उनले काठमाडौं बाहेक देशभरका ६ स्थान ( धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटांैडा र धनगढीबाट पनि कोरोना भाइरस परीक्षण सुरु भइसकेको जानकारी दिए । बुटवलमा भोलिबाट नियमित परीक्षण हुने र चितवनमा आजैबाटै नमूना संकलन सुरु भइ परीक्षण पनि थालिएको उनले बताए । 

सो क्रममा डा. देवकोटाले काठमाडौं उपत्यकामा आइसोलेसमा १२ जना र उपत्यका बाहिर एक सय एक गरी जम्मा एक सय ११३ जना रहेको बताए । उनले संक्रमितको सम्पर्कमा आएका सबैको कन्ट्रयाक टे«सिङ भइरहेको जनकारी पनि दिए । यसैक्रममा भक्तपुरको खरिपाटीमा रहेका क्वारेन्टाइनमा रहेका ९४ जना सबैको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ । 
मन्त्रीपरिषद्को निर्णय सुनाउदै उनले कैलाली, कन्चनपुर र बाग्लुङका कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएका र बासस्थान आसपासका, विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरु र चैत महिनामा विदेशबाट नेपाल आएका सबैको आरडिटी (¥यापिट डाइग्नोष्टिक टेष्ट) बाट कोरोना परीक्षण गरिने पनि बताए ।

सोही अनुसार सम्बन्धित निकायका कर्मचारीलाई आजै अभिमुखिकरण गर्ने र टोली परिचानल गरिने उनको भनाइ छ । उनले नेपाल–भारत मानव विकास मैन्त्री संघले तीन सय वटा र इन्डियन बी ग्रुपले सात सय वटा पिपिई स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको जानकारी पनि दिए । यी पिपिई हरेक प्रदेशमा एक एक सयका दरले वितरण हुने उनको भनाइ छ । 


 

Last modified on 2020-04-05 17:43:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts