धादिङको बेनीघाटमा दादुराको प्रकोप, डेढ महिनामा २ बच्चाको मृत्यु



Download our app to get more features

धादिङ, २३ चैत । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा विगत डेढ महिनादेखि फैलिएको दादुराको प्रकोपका कारण २ जना शिशुको मृत्यु भएको छ । 

गाउँपालिकाको चेपाङ बस्तीमा फैलिएको दादुराबाट ८ महिना र २४ महिनाको बच्चा गरि दुई जनाको मृत्यु भएको र झन्डै डेढ सय बालबालिका संक्रमित भएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक शंकरबाबु दवाडीले हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले भने, डेढ महिनादेखि गाउँपालिकाको वडा नम्बर १, ४ र ६ मा दादुराको प्रकोप देखिएको हो । तर, अहिले अवस्था सामान्य भइसकेको छ । हामी नियमित त्यस क्षेत्रमा खटि रहेका छौं । तर, शून्यमा भने झार्न सकिएको छैन ।

दवाडीले चैत ११ गते एक जना र चैत १५ गते अर्का एक जना गरि दुई जनाको मृत्यु भएको भएपनि अहिले भने अवस्था सामान्य भएको बताए ।

राजमार्गबाट ६ घन्टाको पैदल र गाडीमा जान ३ घन्टाको समय लाग्ने हुँदा दैनिक जान नपाएपनि जिल्ला स्वास्थ्य कार्यालयमा यो विषयमा खबर गरिएको र सम्बन्धी वडाका स्वास्थ्यकर्मीलाईपनि उपचारमा निरन्तर खट्न भनिएको उनले जानकारी गराए ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts