दिल्लीको मरकजमा सहभागि ३५ जनाको कोरोना परीक्षणको नतिजा आज आउने

जनकपुर, २३ चैत । भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दिनमा आयोजित मरकजबाट फर्केका ३५ जनाको नमूना परीक्षणको नतिजा आज आउने भएको छ ।
तबलिगी मरकजबाट फर्केका ४३ जनामध्ये ३५ जनाको नमूना परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाइएको हो ।
मरकजमा सहभागी भएका अधिकांश भारतीय र पाकिस्तानी नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यसमा सहभागि नेपालीको पहिचान गरि स्वाब टेकु पठाइएको थियो ।
प्रदेश दुईको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक बिजय झाले हाम्रो डाक्टर न्यूजलाई दिएको जानकारी अनुसार प्रदेश २ का विभिन्न जिल्लाका नागरिक मरकजमा सहभागि नेपालीको पहिचान गरि उनीहरुलाई हाल क्वारेन्टाइनमा राखिएको छ ।
उनले मरकजबाट फर्केका बारा, पर्सा, रौतहट लगायतका ४३ जनामध्ये ८ जना सप्तरीका रहेको र उनीहरुमा कोरोना नभेटिएको भन्दै बाँकी रहेका ३५ जनाको आज साँझसम्म नतिजा आउने बताए ।
सेना र स्वास्थ्यकर्मीको निगरानीमा उनीहरुलाई आ आफ्नै जिल्लास्थित क्वारेन्टाइनमा राखिएको छ ।