धुलिखेल अस्पतालमा पनि आजैबाट कोरोना परीक्षण हुने



Download our app to get more features

काभ्रे, २३ चैत । काभ्रेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण सुरु हुने भएको छ ।

नगरपालिकाको पहलमा धुलिखेल अस्पतालमा कोरोना परीक्षणको तयारी भएको हो ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसको जोखिम बढेकाले नगरपालिकामा नै कोरोना परीक्षणको तयारी गरिएको र सबै काम अन्तिम चरणमा पुगेको धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला चौलागाईँले बताइन ।

पर्याप्त पिपीई, परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएका उनले जानकारी दिइन् ।

पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना संक्रमणको परीक्षण गरिने अस्पताल र संक्रमणको अवस्था हेरेर परीक्षणको अवधि थपिने अस्पताल स्रोतले जनाएको छ ।

बागमती प्रदेश सरकारले कोरोना संक्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख उपलब्ध गराएको छ । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र झाले जानकारी बताए । 

उनका अनुसार धुलिखेल अस्पतामा कोरोना संक्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका नागरिकलाई सहज हुनेछ । अहिलेसम्म राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौँको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण हुदै आएको छ ।

Last modified on 2020-04-05 11:40:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts