धनगढीका दुई जना कोरोना संक्रमितका परिवारका सदस्यमा कोरोना नभएको पुष्टि



Download our app to get more features

धनगढी, २२ चैत । धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

दुबईबाट आएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षिय युवकका १० जना परिवारका सदस्यको तीन दिन अगाडि नमूना संकलन भएको थियो । १० जनामा सात जनाको नेगेटिभ, एक जनाको पोजेटिभ र बाँकी दुई जनाको रिपोर्ट आउँन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए ।

‘दुई जनाको रिपोर्ट हामीलाई अहिले सम्म प्राप्त भएको छैन् । सुरुमा संक्रमित युवकका एक जना परिवारका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि फेरी अन्यको परीक्षण गर्नेरनगर्ने विषयमा अहिले नै टुङगो लागेको छैन् ।’ डाक्टर जोशीले भने ।

उनका अनुसार संक्रमितका सम्पर्कमा भएका व्यक्तिहरुको ट्रेसिङका लागि संघीय सरकारले छुट्टै टीम भएकाले उक्त टीमको सल्लाह अनुसार पुनः परक्षिण गर्ने, नगर्ने विषयमा टुङगो लगाईनेछ ।

Last modified on 2020-04-04 19:24:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts