सुदूरपश्चिममा भेटिएका नयाँ कोरोना संक्रमितको सेती अस्पतालमा उपचार हुँदै, अवस्था सामान्य

कैलाली, २२ चैत । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस संक्रमितको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ ।
शनिबार धनगढीका पहिलो संक्रमित युवाकी ३४ वर्षीय भाउजु, मुम्बैबाट फर्किएका २१ वर्षीय पुरुष र भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
ती सबैको अहिले सेती अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था समान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदिश जोशीले बताए ।
३४ वर्षीय युवती बाहेक अन्य दुईजनाको नमूना क्वारेन्टाइनबाट संकलन गरिएको थियो भने युवतीको नमूना सेती अस्पतालबाट संकलन गरिएकोे उनले बताए ।