विना कुनै लक्षण धनगढीकी महिलामा कोरोना 'पोजेटिभ’



Download our app to get more features

धनगढी, २२ चैत । कुनै पनि लक्षणविना धनगढीकी एक महिलामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । कोराना भाईरस (कोभिड-१९) को संक्रमण देखिएका धनगढी उपमहानगरपालिका  वडा नम्बर ५ का ३४ बर्षीय युवकका भाउजुलाई विना कुनै लक्षण कोरोना 'पोजेटिभ’ देखिएको हो । 

कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदै आएका छन् । तर ति महिलामा विना कुनै लक्षण कोरोजाा पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका चिकित्सहरुले बताएका छन् । 

सेती अस्पतालका आकस्मिक कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश जोशीका अनुसार ति महिलामा कोरोना भाईरसको कुनै पनि लक्षण देखिएको थिएन तर सं्रक्रमितकै परिवारकी सदस्य भएका कारण नमूना संकलन गरिएको थियो । उनले भने, ‘आज मात्रै कोरोना पुष्टि भएका तीनै जनामा कोरोनाको खासै लक्षण देखिएको छैन् । लक्षण विना नै कोरोना पोजेटिभ देखाउन थालेपछि अव स्वाव संकलनमा समेत अन्योलता बढेको छ ।’

यसअघि कोरोना भाईरस कोभिड १९ को संक्रमण भएका धनगढीका ३४ बर्षिय युवाका परिवारलाई लक्षण देखा नपरेको भन्दै नमूना संकलन नगरी घर पठाईएको थियो। पछि अस्पताल बोलाएर नमूना संकलन गरिएको थियो ।

Last modified on 2020-04-04 15:28:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts