सुदूरपश्चिमबाट १ सय ६४ जनाको नमूना संकलन, धनगढी प्रयोगशालामा चारै जनाको रिपोर्ट नेगेटिभ



Download our app to get more features

धनगढी, २१ चैत । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एक सय ६४ जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ। 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपाली सेनाले क्वारेन्टाइनबाट संकलन गरेका ९२ जनाको थ्रोट स्वाब र विभिन्न अस्पतालबाट संकलन गरिएको ७२ गरी अहिलेसम्म एक सय ६४ जनाको स्वाब संकलन गरिएको हो। 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सम्पर्क व्यक्ति रामप्रसाद ओझाले हालसम्म ४५ जनाको मात्रै रिर्पोट आएकोमा ४४ जनाको नेगेटिभ र एक जनाको मात्रै पोजेटिभ आएको बताए।  बाँकी एक सय १९ जनाको भने रिर्पोट आउन बाँकी रहेको उनले बताए। 

यस्तै अछामको बयलपाटा अस्पतालबाट ल्याइएको पाँच जनाको स्वाव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको ल्याबमा पठाइएको छ। उक्त स्वावको परीक्षण हुन भने बाँकी छ। 
सुदूरपश्चिम प्रदेशबाट पहिलोपटक फागुन १ गते नमूना संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको थियो। अहिले धनगढीमै प्रयोगशाला स्थापना भएपनि स्वाब संकलनको क्रम धेरै र परीक्षण सुस्त गतिमा हुँदा समस्या भइरहेको छ। 

धनगढीमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा शुक्रबार थप तीन जनाको नमूना परीक्षण गरिएको छ। प्रयोगशालाका अनुसार तीनै जनाका कोरोना रिर्पोट नेगेटीभ आएको छ। 
प्रयोगशाला बिहिबारदेखि सुरु भएको थियो तर दुई दिनमा चार जनाको मात्रै परीक्षण भएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts