धनगढीमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

धनगढी, २१ चैत । धनगढीमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार कक्ष (आईसियु) मा उपचार गराईरहेका २४ वर्षीय भारतीय युवकको शक्रबार बिहान मृत्यु भएको थियो ।
मृत्युपश्चात मृतकको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा उनमा कोरोना नभएको धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालाले पुष्टी गरेको छ ।
कञ्चनपुरकोे झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती भारतीयको उपचारका क्रममा मृत्यु भएको थियो ।