गण्डकीका स्वास्थ्य प्रमुख भन्छन्ः हल्ला चलाइयो, कसैलाई कोरोना देखिएको छैन

पोखरा, २१ चैत । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख विनोदविन्दु शर्माले पोखरामा एकजजालाई कोरोना भाइरस देखिएको भन्ने समाचारको खण्डन गरेका छन् ।
आफुलाई अहिलेसम्म यसबारे कुनै आधिकारिक जानकारी नभएको र आफुले मुख्यमन्त्री लगायत अधिकारीहरुलाई यहि रिपोर्टिङ गरेको उनको दावी छ ।
‘कोरोना संक्रमित भेटिए भन्ने हल्ला कसरी फैलियो म अचम्मित छु’ उनले थपे ।
Last modified on 2020-04-03 15:09:23