कोरोना भाइरसको उपचार गर्न भरतपुर अस्पतालमा आइसियू तयार (फोटोफिचर)

चितवन, २० चैत । कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने गरी भरतपुर अस्पतालले १० बेडको आइसियू तयार गरेको छ । यसअघि अस्पतालमा गठित नोबेल कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि पूर्वाधार उपसमितिको बैठकले आइसियू बनाउने निर्णय गरेको हो ।