सातवटै प्रदेशबाट सुरु भयो कोरोनाको परीक्षण



Download our app to get more features

काठमाडौं, २० चैत । उपत्यकाबाहिर सात वटै प्रदेशमा आजबाट कोरोनाको परीक्षण सुरु भएको छ ।

मंगलबार परीक्षणको लागि मेसिन प्रदेशहरुमा पुगेपछि आजबाट सातवटै प्रदेशमा नमुना परीक्षण सुरु भएको हो ।
 
धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाव परीक्षण गरिएको प्रतिष्ठानका कार्यवहाक उपकुलपति गुरु खनालले बताए । ती सबैको ।िरपोर्ट नेगेटिभ आएको जानकारी दिँदै अरुको थप परीक्षण गर्ने तयारी भइरहेको बताए ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारबाट स्वाव परीक्षण सेवा सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन बाँकी रहेको छ । 

प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को वुटवल र बागमती प्रदेशको हेटौडामा पनि आजैबाट नमुना परीक्षण सुरु हुन लागेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए । 

उनका अनुसार यी पाँचै स्थानमा नमुना परीक्षणका लागि प्रोटेवल पिसिआर मेसिन सहित सम्पूर्ण सामाग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला संचालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts