मेडिकल काउन्सिलले लकडाउनका समयमा उपचार गर्न नमान्ने डाक्टरकाे छानवीन गर्ने



Download our app to get more features

काठमाडौं, २० चैत । नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको लापरबाहीले बिरामीको मृत्यु भएको भन्ने विषयमा छानबिन सुरु गरेको छ ।

काउन्सिलले लकडाउनपछि अस्पतालमा आएका बिरामीको उपचारमा चिकित्सकहरुका कारण कठिनाई भएको र सोही कारणले बिरामीको मृत्यु भएको समाचार आएपछि छानबिन सुरु गरेको जनाएकाे हो ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण गरिएको लकडाउनपछि अस्पतालमा आउने ज्वरोका बिरामीको उपचारमा समस्या, बिरामीलाई चिकित्सकले उपचार नगरेको, आकस्मिक उपचार नगरेको, कोभिड १९ को आशंका भएका बिरामीलाई न्यूनतम आकस्मिक सेवा समेत नदिई अन्यत्र पठाएको समाचार प्रसारण प्रकाशन भएपछि काउन्सिलले अपिल जारी गरेको छ ।

काउन्सिलले निर्देशिका अनुसारको सुरक्षा कवचको प्रयोग गर्दै बिरामीको उपचारमा सहभागि हुन, आकस्मिक उपचारमा ढिलाई नगर्न, कोभिड १९ का लागि नतोकिएका अस्पतालले कोभिड १९ बाहेक अन्य रोगीहरुको जरुरी सेवाहरु यथावत प्रदान गर्न अपिल गरेको हो ।

Last modified on 2020-04-02 12:10:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts