मेडिकल सामाग्री खरिदमा स्वास्थ्यमन्त्री ढकालले अनियमितता गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी



Download our app to get more features

काठमाडौं, १९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना रोकथाम तथा उपचारका लागि चीनबाट स्वास्थ्य सामाग्री खरिद गर्ने क्रममा अनियमितता गरेको भन्दै विवेकशील नेपाली दलका नेता तथा वागमती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार अख्तियारमा उजुरी दिएका हुन्।

बजारभाउ भन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको भन्दै नेता पौडेलले अख्तियारमा उजुरी दिएका हुन्। विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्‍यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको आरोप लगाउँदै पौडेलले छानबिनको मागसहित उजुरी दिएका हुन्।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts