प्रदेश १ मा ७ जना आइसोलेसनमा, ३० जनाको रिपोर्ट नेगेटिभ



Download our app to get more features

धरान, १९ चैत । प्रदेश नम्बर १ मा हालसम्म कोरोना आशंका गरिएकाहरु मध्ये ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड १९ को आशंकामा नमुना संकलन गरिएका ४६ मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको हो । 

सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताका अनुसार अहिलेसम्म सबै भन्दा बढी सुनसरीबाट २५ जना, झापाबाट ५ जना, मोरङगबाट ७ जना, धनकुटाबाट १ जना, ते‍ह्रथुमबाट २ जना, सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमुना संकलन गरिएको छ ।

नमुना संकलन गरिएका मध्ये १६ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ७ जना आइसोलेसनमा भर्ना भएका छन् । ४ महिलासहित ७ जना आइसोलेसनमा भर्ना भएका हुन् । 

Last modified on 2020-04-01 10:25:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts