मेडिकल हब चितवनमा पनि अब कोरोना परीक्षण हुने



Download our app to get more features

चितवन, १९ चैत । परीक्षणको दायरा बढाउँदै मेडिकल हबको रूपमा परिचित चितवनमा पनि कोरोना भाइरस (कोभिड–१९) को जाँच गर्ने प्रयोगशाला (ल्याब) बन्ने भएको छ ।

कोरोना रोग विरुद्ध जिल्ला समन्वय समितिका संयोजक तथा बागमती प्रदेशका सांसद विजय सुवेदीले आजदेखि चितवनबाटै कोरोना भाइरस परीक्षण हुने बताएका छन् ।
 
स्वास्थ्य मन्त्रालयको टोलीले प्रयोगशाला कहाँ बनाउने भन्ने बारेमा आज निरीक्षण गर्ने सांसद सुवेदीले बताए । जसको लागि स्वास्थ्य मन्त्रीका सल्लाहकार खेम कार्कीसहित प्राविधिक टोली चितवन आएको उनले जानकारी दिए । 

आफुहरू जतिसक्दो छिटो चितवनमा कोरोना टेस्ट गर्ने ल्याब सञ्चालनमा ल्याउने तयारीमा रहेको भरतपुर अस्पताल विकास समितिको नवनियुक्त अध्यक्ष एवम् कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । आज स्वास्थ्य मन्त्रालयको निरीक्षणपछि कहाँ र कसरी सञ्चालन गर्नेबारे छिट्टै टुङ्गो लाग्ने उनले बताए ।

चितवनबाट कोरोना परीक्षण सुरु भएपछि त्यसले बिरामी पत्ता लगाउन सहज हुने छ । पोजेटिभ बिरामीले उपचारपनि समयमै पाउने छन् । यसअघि नेपालको मध्य भागमा रहेको मेडिकल सिटी चितवनमा कोरोना भाइरस (कोभिड–१९) को जाँच गर्ने प्रयोगशाला बनाउनुपर्ने भन्दैं चौतर्फी रूपमा माग गरिएको थियो ।

Last modified on 2020-04-11 14:00:47

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts