‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा पूर्वराजाको २ करोड



Download our app to get more features

काठमाडौं, १९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन् र

पूर्वराजा शाहले मंगलबार एक  प्रेस वक्तव्यमार्फत् २ करोड सहयोगको घोषणा गर्ने जनाएका हुन् । 

उनले आफ्नो वक्तव्यमा दुःख-कष्ट र आपत-विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषमार्फत् सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा २ करोड दाखिला गर्न बुझाएको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

यस्तै कोभिड–१९ विरुद्ध लड्नका लागि राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो बजेटको दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने भएको छ । 

चालू आर्थिक वर्षकोे कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमहरु बाहेक अन्य कार्यक्रम स्थगन गर्ने निर्णय गरेको आयोगले जनाएको छ । यो रकम कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा प्रयोग गर्न सरकारलाई आग्रह गरिएको आयोग प्रवक्ता वेद भट्टराईले बताए ।

कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न पनि आयोगले सबैलाई अनुरोध पनि गरेको छ । 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतले पनि सरकारको कोषमा आफ्नो तलब दिने घोषणा गरिसकेका छन् ।

Last modified on 2020-04-01 08:13:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts