धनगढी पुग्यो कोरोना परीक्षण प्रयोगशालाका उपकरण

धनगढी, १८ चैत । संघीय सरकारले कोरोना भाईरसका सम्भावित बिरामीको नमूना परिक्षणका लागि खरिद गरेको प्रयोगशालाका समाग्री सुदूरपश्चिम पठाएको छ।
चीनबाट खरिद गरी ल्याईएका प्रयोगशालाका उपकरण र पाँचजना स्वास्थ्यकर्मीको टोली हेलीकोप्टर मार्फत धनगढी आइपुगेका हुन् । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले नेपाली सेनाको हेलीकोप्टर प्रयोगशालाका उपकरण लिएर मंगलबार धनगढीमा अवतरण गरेको बताए। संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो।
सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका लागि उपकरण धनगढी पुगेको र भोलीबाटै परिक्षण सुरु हुने सम्भावना रहेको विज्ञ टोलीले जनाएको छ। उक्त उपकरणबाट कोरोना भाइरसको परिक्षण दुई, तीन घण्टा भित्रै हुनेछ। मलिक्युलर डायग्नोसिस बिज्ञ सुनिल प्रशाद लेखक र धनगढीमा रहेका प्राबिधिकको समेत सहयोगमा परिक्षण हुनेछ। उक्त उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपछि धनगढी पठाईएको हो।