कोरोना संक्रमित युवकको परिवारका सदस्यमा ‘लक्षण नभएको’ भन्दै घर फिर्ता 



Download our app to get more features

धनगढी, १८ चैत । कोरोना संक्रमित धनगढीका युवकको परिवारका सदस्यहरुलाई कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै घर पठाइएको छ । थ्रोट स्वाब संकलन र परीक्षणबिनै उनीहरुमा लक्षण नदेखिएको भन्दै सेती प्रादेशिक अस्पतालले घर पठाएको हो । 

संक्रमित युवक ११ चैतमा दुबईबाट फर्किएका थिए । ११ चैतदेखि नै उनी सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । यही कारण पनि कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकका परिवारका अन्य सदस्यको नमूना संकलन नगरिएको हो ।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता एवं इमरजेन्सी विभाग प्रमुख डा. जगदिशप्रसाद जोशीले उनीहरुमा पूर्वलक्षण नदेखिएकाले तत्काल नमूना संकलन नगरिएको बताए । ‘नमूना संकलन गर्न कुनै न कुनै लक्षण देखिनुपर्छ’ डा. जोशीले भने, ‘तर उनीहरुको परिवारका सदस्यहरुमा कुनै किसिमको लक्षण नदेखिएकाले क्वारेन्टाईनमा राखेका हौँ ।’

धनगढीस्थित रंगशालामा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएका परिवारका आठ सदस्य र अस्पताल पु¥याउने आफन्तलाई पनि सेल्फ क्वारेन्टाईनमा बस्न भन्दै घर पठाइएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमु्ख नरेन्द्र कार्कीले उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी सोमबार साँझ घर पठाईएको बताए ।
 

Last modified on 2020-03-31 15:31:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts