वीर अस्पतालमा मृत्यु भएका दुवैमा कोरोना नेगेटिभ

काठमाडौं, १८ चैत । वीर अस्पतालमा आइतवार र सोमवार मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार मृत्यु भएका दुवैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या भएका कारण मृत्यु भएको हो ।
दुवै जनामा श्वासप्रश्वासमा समस्या भएको र ज्वरो पनि आएकाले स्वाब परीक्षणका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको र कोरोना नेगेटिभ आएको निर्देशक डा. सेञ्चुरीले बताए ।
आइतवार काठमाडौं सतुंगल बस्ने ३३ वर्षीया एक महिला र सोमवार रौतहतका ५५ वर्षीय पुरुषको वीर अस्पतालमा मृत्यु भएको थियो ।
मृतक महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या थियो भने मृतक पुरुषमा मुटुको रोग भएको डा.सेञ्चुरीको भनाइ छ ।