कोरोना परीक्षणका लागि ५ प्रदेशमा मेसिनहरु पठाइँदै, ल्याबमा खटिने चिकित्सक टोली तयार



Download our app to get more features

काठमाडौं, १७ चैत । सरकारले प्रदेशहरुमा कोरोना भाइरसको परीक्षणका लागि मेसिनहरु प्रदेशमा पठाउन लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट आएको कोरोना परीक्षण मेसिन प्रदेश १ बाहेक अन्य प्रदेशमा पठाउने तयारी गरेको हो ।

आइतवार नेपाल आइपुगेको मेसिन प्रदेश २, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरि एक एक थान मेसिन जडान गरेर कोरोना परीक्षण प्रदेशबाट गर्ने भएको छ । यसअघि प्रदेश १ मा आइतवारबाट कोरोना परीक्षण सुरु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले हाम्रो डाक्टर न्यूजलाई दिएको जानकारी अनुसार प्रदेशमा कोरोना परीक्षणका लागि सबै तयारी भइसकेको र सम्भवतः भोलीसम्म परीक्षण सुरु हुनेछ ।

उनले भने, ‘मेसिन आज कतिबेलासम्म प्रदेशमा पुग्छ त्यसमा भर पर्छ । मेसिन पुगिसकेपछि जडान गरेर नमूना संकलनको काम सुरु हुनासाथ परीक्षण सुरु हुन्छ ।’

डा.देवकोटाले प्रदेशबाट कोरोना परीक्षणका लागि ल्याबमा खटिने विशेषज्ञ डाक्टरहरुको टिमपनि तयार भइसकेको र उहाँहरुलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तालिमपनि दिइसकेको बताए ।

प्रदेशबाट कोरोना परीक्षण सुरु भएपछि त्यसले बिरामी पत्ता लगाउन सहज हुने भन्दै प्रवक्ता देवकोटाले कोरोना पोजेटिभ बिरामीले उपचारपनि समयमै पाउन सक्ने पनि बताए ।   

ल्याबमा खटिने चिकित्सक टोली:

Last modified on 2020-03-30 08:54:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts