वीपी कोइराला प्रतिष्ठान धरानमा कोभिढ १९ परीक्षणः १९ मा १६ नेगेटिभ

काठमाडौं, १६ चैत । कोरोना भाइरस परीक्षणको दायरा बढाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु गरिएको कोरोना जाँचमा पहिलो दिन १९ वटा नमूना परीक्षण गरिएको छ ।
प्रतिष्ठानका अनुसार ती १९ जनामध्ये १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी तीनजनाको भने रिपोर्ट आउनै बाँकी रहेको प्रतिष्ठानले जारी गरेको बुलेटिनमा उल्लेख छ । साथै प्रतिष्ठानको आइसोलेसन वार्डमा हालसम्म जम्मा १० जना आएकामा ६ जना डिस्चार्ज भएको र ४ जना उपचाररत रहेको जनाइएको छ । तीमध्ये एकजना पुरानो र २ जना नयाँ बिरामी रहेका छन् ।
प्रतिष्ठानमा प्रदेश १ र २ बाट संकलित नमूना परीक्षण गर्ने भनेर ल्याव सञ्चालन गरिएको हो ।
हेरौं प्रतिष्ठानले जारी गरेको बुलेटिन